बिष्णुप्रसाद पोखरेल
दमक/२०१४ साल पुष ३ गते मंगलवार ताप्लेजुङमा जन्मिएका रोमनाथ ओली दमकमा एउटा असल पात्रको परिचय बनाएका ब्याक्ति हुन् ।

उनलाइ दमकमा इमान्दारीता र सादकी जिबनका पर्यायको रुपमा लिइन्छ । कहिल्यै पनि जिबनशैलीमा तडकभडक नल्याएका ओली जहाँ जहाँ रहेर काम गरे त्यहाँ कहिल्यै पनि बिबादको पात्र बनेन् ।

झापामा २०२५ सालमा झापा झरेर महारानीझोडा बसोबास गरेका उनि दमकमा २०४५ साल माघ महिनाबाट बसोबास शुरु गरेका हुन् ।

गरिबीका कारण सानामा गोठालो जिबन यापन गरेका उनलाइ यहाँ सम्म आइपुग्छु भन्ने कल्पना त सायदै थिएन । तर उनि कहिल्यै आत्तिएनन् र जिबनदेखि हार खाएनन् ।

२०३५ सालदेखि बिद्यार्थी आन्दोलनमा लागेका उनी २०३८ सालमा पार्टी कमिटीमा प्रवेस गरे । २०४० सालमा पार्टी सदस्य पाएपछि उनि राजनीतिक जिबनमा बढि नै सक्रिय बन्ने थाले ।

२०४७ सालदेखि जेठबाट २०६६ सालसम्म जिल्ला कमिटीमा र त्यसपछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको भूमिकामा रहे । अहिले प्रदेश कमिटी सल्लाहाकार रहेकाछन् ।

२०५४ सालमा दमकको मेयरमा निर्वाचित भएका थिए उनले राम थापासंग १ हजार ३१ मतले बिजयी भएका थिए त्यो समय ।

पार्टीले बिश्वास गरेर उनलाइ टिकट दिएको थियो । उनलाई जब नतिजा आयो जनताले वास्तवमा नै पत्याएको महसुस भयो । त्यो समयमा मेयर जित्नु पनि चानचुने थिएन ।

कुशलता पूर्वक उनले आफ्नो मेयरको भूमिका निर्वाह गरे । उनलाइ कसैले औलो ठड्याउन सकेन । दमक चक्रपथको डिजाइन, दमकमा सडकबत्तिहरुको ब्यवस्था, जनसहभागितामा बिकास निर्माणका काहरु उनले शुरुवात गरे । आज जन सहभागितामा दमक अब्बल मानिने गरेको छ ।

सामाजिक रुपमा सक्रिय रहदै आएका उनि मदन भण्डारी प्रतिष्ठान उर्लाबारीका उपाध्यक्ष तथा सस्थापक सदस्य हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र दमक र मेची सहकारी संस्थाको पनि संस्थापक अध्यक्ष नै हुन् ।

१ श्रीमति १ छोरा १ छोरीका गार्जेन उनि अब दमकबासीको गार्जेनको रुपमा उदाएकाछन् । उनि दमकको पहिलो स्थानीय सरकार प्रमुख बनेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah