सधैं नोटबुक, मार्कर र डस्टर बोकेर दमक बहुमुखी क्याम्पसमा कक्षा चाहार्ने गीता अधिकारी अब दमक सरकारको उपप्रमुख बनेकीछन् । सबैले उनलाई गीता मेडम भनेर चिन्छन् । त्यसपछि उनलाई गीता अधिकारी भनेर चिन्छन् । नागरिकतामा लेखिएको उनको नाम गीता कुमारी पौडेल(अधिकारी) हो ।

अधिकारी झापाको साविक दमक नगरपालिका वडा नम्बर १० हाल ५ नम्बर वडाकी स्थायि बासिन्दा हुन् । दमक बहुमुखी क्याम्पसमा २८ बर्षदेखि अर्थशास्त्र अनवरत रुपमा प्राध्यापन गर्दै आएकी प्राध्यापक थिइन् उनि ।

झापाको साविक गौरीगञ्ज गाविस वडा नम्बर ७ मा स्व. पिता लोकनाथ पौडेल स्व.माता सावित्राका कोखबाट बि स २०१९ कार्तिक २५ गते जन्मिएकी उनी ७ छोरी मध्येकी कान्छी हुन् ।

दिदी दाजुले भनेजस्तो गरी पढ्ने न त समय थियो न आर्थिक अवस्था तर आमाले अक्षर चिनेकै कारण सन्तानलाई शिक्षा दिनु पर्छ भन्ने मान्यताका कारण गीताले पढ्ने अवसर पाइन ।

बाबुको निधनपछि ११ जना छोराछोरीको पालनपोषण र शिक्षा आमालाई कम चुनौति थिएन । तर सानैदेखि राम्रो पढाइ भएका कारण आमाले उति आर्थिक बोझ झेल्नु परेन ।

२०४६ सालमा दमकका मदन अधिकारीसंग विवाह बन्धनमा बाधिएकी उनी एक शालिन र शान्त स्वभावकी प्राध्यापक भएकै कारण पनि समाजमा उतिकै भिजेकी थिइन् ।

 २०४६ सालमा बहुदलको पक्षमा जनमत बन्दै गर्दा र राजनीतिक पार्टीहरुले जनआन्दोलनको तयारी गदै गर्दा गीताले पनि तत्कालिन नेकपा मालेको सदस्यता लिइन् ।

२०४६ सालदेखि नेकपा एमालेको दमक नगर कमिटिको सदस्य बनेकी उनी अनेमसंघमा आबद्ध भइन् । त्यस्तै गरी नेकपा एमाले बुद्धिजिवि परिषद झापाको एक कार्य उपाध्यक्ष बनेकी उनी दमक नगर कमिटिको दुई कार्यकाल सदस्य रहदै सचिवालय सदस्यसमेत रहिन् ।

प्रगतिशिल प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पस एकाइकी अध्यक्ष, बुद्धिजीवी परिषद झापा क्षेत्र नम्बर ७ की क्षेत्रीय अध्यक्ष हुन् । यस्तै रेडक्रस सोसाइटी दमक उपशाखाको कोषाध्यक्षको जिम्मेवारीमा भएकी उनी शैक्षिक ब्याक्तित्वको परिचय बनाइएकी नेतृ हुन ।

प्रारम्भिक अध्ययन गौरीगञ्जबाटै शुरु भएको गीताको आर्थिक अवस्था कमजोर भएपनि आमाको हौसला र प्रेरणाले कहि कतै रोकिएन । बरु पढाइमा अब्बल उनको एमएसम्मकै अध्ययन छात्रवृतिमा सकियो ।

गौरीगञ्ज माविबाट २०३७ सालमा एसएलसी उतिर्ण गरेकी उनले काठमाण्डौको सरस्वती बहुमुखी क्याम्पस लैनचौरबाट आइ ए सकिन । त्यसपछि भने उनी पुर्वै फर्किन र महेन्द्र बहुमुखी क्याम्पस बिराटनगरबाट बिएको अध्ययन पूरा गरिन् ।

बि स २०४६ सालमा किर्तिपुर क्याम्पसबाट एम ए सकेकी उनले त्यसै सालदेखि दमकको बहुमुखी क्याम्पसमा अध्यापन शुरु गरिन् ।

एक बर्षपछि २०४७ सालमा भने आधिकारीक रुपमा नियुक्ती पाइन् । हाल उनी दमक बहुमुखी क्याम्पसमा अशोशियट प्रोफेशर अर्थात सहायक प्राध्यापकको पदमा छिन् ।

अर्थशास्त्र विषयमा २०७० सालमा एमफिल गरेकी गीताकुमारी अहिले चुनाबी चटारोमा होमिएकी छन् । ‘२८ बर्षसम्म मैले शिक्षाको ज्योती छरेर समाजिक चेतना जगाए ।

अब पार्टीले समाज सेवाको नयाँ क्षेत्रमा मलाइ खटाएको छ । अब जनप्रतिनिधी भएर नयाँ ढंगले समाजसेवा गर्ने हो’ अधिकारी भन्छिन् ‘२८ बर्षसम्म प्राध्यापन गरेको मेरो अनुभव र सीप दमक नगरको विकास र समृद्धिका लागि कामयावी हुनेछ ।’

गीता भन्छिन् ‘समाजका विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरुसंगको संगतले मलाई समाज बुझ्न सजिलो बनाएको छ । विद्यार्थीसंगको संगतबाट आर्जन गरेको सामाजिक ज्ञान अब म दमकको समाज रुपान्तरणका लागि उपयोग गर्नेछु ।’

गीताको सपना कालोकोट लगाएर अदालतमा चर्काचर्की बहस गर्ने थियो । चाहे जस्तो सबै भई दिएको भए अहिले उनी कुनै अदालततिर वकालती वा न्यायसम्पादनको क्षेत्रमा हुन्थिन् । तर कानुनको अध्ययनका लागि पारिवारीक पृष्ठभूमी र आर्थिक विपन्नता बाधक बन्यो ।

नचाहँदा नचाहँदै अर्थशास्त्र अध्ययन गरे पनि उनले अहिले पछुताउँनु परेको छैन । अर्थशास्त्रको स्नात्तकोतर अध्ययनपछि २०४६ सालमा विवाह भयो ।

झण्डै तीन दशक अघिको समाजमा विवाहपछि महिलाका सबै चाहना र ईच्छा बन्धक होलान् कि भन्ने पीर पनि थियो । तर उनले परिवारको साथ सोचे भन्दा पनि बढि रह्यो ।

श्रीमान मदन अधिकारीले सधै थप उच्च शिक्षा अध्ययनका लागि सधैं हौस्याई रहे । घर व्यवहारमा पनि उनलाई अल्झाएनन् । त्यसैले दमक बहुमूखी क्याम्पसमा प्राध्यापनका लागि २०४६ सालमा खुलेको उनको ढोका २८ वर्ष सम्म कहिल्यै बन्द भएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah