महोत्तरीमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मंगलबार साँझ बर्दिबास– ४ विश्वकर्मा चोक (पञ्चधुरा मन्दिर जाने गेट, पूर्व–पश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार सुरज तामाङ र प्र २-०१-००२ प-०५९७ नम्बरको मोटरसाइकलचालक विजयकुमार महतोको मृत्यु भएको हो। यता ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास- ३ गौरीडाँडा बस्ने सोनु सिंह गम्भीर घाइते छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय