मुख्य खबर

बिहीवारकाे माैसम : प्रदेश १ र बाग्मती प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाकाे सम्भावना


  काठमाडौं   सवाल नेपाल   २०७८ आश्विन २८, बिहीबार ०८:४१

काठमाडौं । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालको मौसम

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाकाे भनाइ छ ।

बिहीवार दिउँसो देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

आगामी २४ घण्टाका लागि परामर्श

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार