मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

हरेक कार्यमा उत्साह र उमंग छल्किएको अनुभव हुनेछ। तन-मनबाट उर्जा र ताजा अनुभव गर्नुहुनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ। मित्र र आफन्तसँग आनन्दमा समय बिताउनुहुनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। धन लाभ, उत्तम भोजन र भेट- उपहार मिल्नाले आनन्द वृद्दि हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

रिस र निराशाको भावना मनमा छाईरहनेछ। शारीरिक स्वास्थ्यले साथ दिनेछैन। घर- परिवारको चिन्ताको कारण खर्च हुनेछ। रिसको कारण कसैसँग मनमुटाव र झगडा हुनेछ। परिश्रम व्यर्थ भएको अनुभव गर्नुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

परिवारमा खुशी र आनन्दको माहोल रहनेछ। पेसा-धन्दामा लाभ हुनेछ। उच्च पदाधिकारीले तपाईको कार्य प्रशंषा गर्नेछन्। वैवाहिक योग रहेको छ। स्त्री मित्रबाट विशेष लाभ हुनेछ। आय वृद्धि हुनेछ। दाम्पत्यजीवनको आनन्द लिनुहुनेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

घरको सजावटमा विशेष ध्यान दिनुहुनेछ। नयाँ घरेलू सामान किन्नुहुनेछ। व्यापारी र पेसा गर्नेलाई लाभ तथा पदोन्नतिको सम्भावना रहेको छ। पारिवारिक सुख-शान्ति बनिरहनेछ। सरकारी लाभ मिल्नेछ। तपाईको मान- प्रतिष्ठा वृद्धि हुनेछ । आर्थिक लाभ होला। सबै कार्य स्वस्थता र सरलतापूर्वक पूरा हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

स्वभावमा उग्रता रिसको कारण केहि काम गर्न मन लाग्नेछैन। बहसको कारण कसैसँग रिस झेल्नुपर्नेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। पेसाको क्षेत्रमा अवरोध आउनाले निर्धारित कार्य पूरा हुनेछैन। धार्मिक यात्राको आयोजन हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कामहरू हातमा लिनु फाईदाजनक रहेको छैन। विदेशी खाना खानाले स्वास्थ्य बिग्रन सक्ला। साथै रिसलाई नियन्त्रणमा राख्न मौनता अपनाउनु होला। खर्च अधिक हुनेछ। आगो र पानीबाट बच्नुहोला। सरकार विरोधी वा अनैतिक प्रवृत्ति सिर्जना नगर्नुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिन प्रेम, रोमान्स, मनोरन्जनमा बित्नेछ। सार्वजनिक जीवनमा महत्त्व पाउनुहुनेछ। साथीसँग नाफाको कुराकानी हुनेछ। सुन्दर कपडा खरिद गर्नुहुनेछ। दाम्पत्य सुख आनन्दमय रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। मित्रसँग कतै यात्रा गर्नुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

अनिश्चितता र सुखशान्तिसँग घरमा समय बिताउनुहुनेछ। शारीरिक तथा मानसिक प्रसन्नताले काम गर्न उत्साह प्रदान गर्नेछ। अफिसमा कर्मचारीको मदत्त पाउनुहुनेछ। अधुरो काम पूरा हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

कार्य निष्फलताको कारण निराशा अनुबव गर्नुहुनेछ। रिसलाई नियन्त्रण गर्नाले कुरा बिग्र्नेछैन। पेट सम्बन्धि रोगबाट समस्यामा रहनुहुनेछ। वाद-विवाद वा चर्चामा नपर्नुहोला। सन्तानको मामलामा चिन्ता पैदा हुनेछ। धन प्राप्तिको लागि दिन अनुकुल रहेको छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

कठिनाईको सामना गर्नुपर्नेछ। कुटुम्बिक झगडाले मनलाई विचलित बनाउनेछ। आमाको स्वास्थ्यको कारण चिन्तित रहनुहुनेछ। सार्वजनिक जीवनमा अयोग्यता वा बेइज्जतीले मान- प्रतिष्ठामा हानि पुर्याउनेछ। पर्याप्त आराम र निन्द्रा नमिल्नाले स्वास्थ्य खराब हुनेछ। ताजगी तथा उर्जाको अभाव हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको मनले निकै राहत महसूस गर्नेछ। शारीरिक स्वस्थताले उत्साह वृद्धि गर्नेछ। आफन्त र भाईबहिनीसँग अधिक मेल-मिलाप हुनेछ। घरमा मित्र तथा आफन्तको आगमनले आनन्दमयी वातावरण बन्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

कसैसँग झगडा होला। आर्थिक मामला वा लेनदेनमा विशेष ध्यान दिनुहोला। पारिवारिक सदस्यसँग झगडा होला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। खानपिनमा लापरवाहीको कारण स्वास्थ्य खराब होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah