रास्ट्रीय कमेडी च्याम्पियन भरतमणी पौडेललाई झापामा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर रास्टीयस्तरको सो प्रतिस्पर्धामा उपाधी जित्न सफल ताप्लेजुङका स्थायीबासिन्दा पौडेललाई झापाको दमकमा रहेको पौडेल युवा मञ्च दमक नगर समिति र निस्कर्स न्युजले कमल ५ स्थित आखिझ्याल रेस्टुरेन्टको सभाकक्ष्यमा हिजो आयोजना गरेको कार्यक्रममा अभिनन्दन गरेका हुन । युवा मन्चका अध्यक्ष थरेन पौडेलको अध्यक्षता र सल्लाहकार सम्योजक राम पौडेल र दमकका युवा ब्यवसायी तथा लायन लिडर ज्ञाननाथ पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनलाई बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा कमेडी च्याम्पियन पौडेलले सबैको साथ , सहयोग र हौसलाका कारण आफुले उपाधी जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्नो प्रतिभालाई निरन्तर अगाडी बढाएर कलाकारितालाई ब्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए । भर्खरै सम्पन्न रियालिटी सोमा उपाधी जित्दै पौडेलले नगद २५ लाख र कार हात पारेपछि सामान्य परिवारमा पनि बिशिस्ट प्रतिभाको सम्भावना हुन सक्ने उदाहरणका रुपमा लिइएको छ ।