महोत्तरी – भाउजूको हत्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका ३ का ४२ वर्षीय संजय कुमार झालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज सोमवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार संजयले बोक्सीको आरोपमा गएको बिहीवार भाउजू शिलादेवी झाको हत्या गरेका थिए ।

मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो ।

एकल महिला शिलादेवीको बोक्सीको आरोपमा देवर संजयले हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक ९एसपी० दिनेश अचार्यले बताउनुभयो । एसपी अचार्यका अनुसार आफ्नी श्रीमती रिंकुलाई टुनामुना गरेको अन्धविश्वासमा परि संजयले भाउजू शिलादेवीको हत्या गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका संजय गएको बुधवार राति साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूको हत्या गरी संजय बिहानै साइकलमै जनकपुर फर्किएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा पाएको जानकारीअनुसार शिलादेवीले दिएको केरा खाँदा संजयकी श्रीमती रिंकुको गर्भ तुहिएको थियो । त्यसपछि मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक भएको थिएन । पछि बोक्सी नै रहेको भन्दै संजयले भाउजूको हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर