कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र बैँक तथा वित्तीय संस्था बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।

कात्तिक ३ गते दसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा पनि हो। कोजाग्रत पूर्णिमाका दिन कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा मेला लाग्ने गर्छ।