नेपाली कांग्रेसका जिल्लास्तरका पुराना नेता गजेन्द्र हमालका लागि असोजका तीन साता निकै उतारचढावपूर्ण रहे । जीवनको उत्तरार्धमा उनी अप्रत्याशित रुपमा मन्त्री नियुक्त भए । तर, सिंहदरबारमा धेरै दिन टिक्न सकेनन् । आफ्नो नियुक्तिले बहिनीज्वाईं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विवादमा तानिएपछि तीन दिनमै राजीनामा गरे । ‘मलाई कसैबाट दबाब आएको हैन,’ हमाल भन्छन्, ‘पार्टीकै नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहले विरोध गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने लाग्यो । विवादमा मुछिनुभन्दा छाडिदिएँ ।’ बिरामी श्रीमतीको उपचारका लागि काठमाडौं आएका थिए, हमाल । श्वासप्रश्वाससम्बन्धी रोगले सिकिस्त श्रीमतीलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरेर उपचार गराउँदै थिए । जसै मन्त्रिपरिषद् विस्तारका लागि दलहरूबीच भागबण्डा सुरु भयो, उनी एकाएक चर्चामा आए । मन्त्री बन्ने सूचीमा उनको नाम चढिसकेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा हमाललाई उद्योग मन्त्री नियुक्त गरे । राष्ट्रपतिबाट शपथ लिएर सिंहदरबार पुगेर जिम्मेवारी सम्हाल्दासम्म उनी उत्साहित नै थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट हमाल मन्त्री नियुक्ति भएको भन्दै चौतर्फी आलोचनापछि तीन दिनपछि नै उनले राजीनामा दिएका हुन् ।
राजीनामाबारे उनले प्रधानमन्त्री देउवासँग पनि सल्लाह गरेनन् । राजीनामा लिएर जाँदा देउवा छक्क परेको उल्लेख गर्दै उनी भन्छन्, ‘शेरबहादुर दाइ आफैं छक्क पर्नुभो । किन गर्नुपर्यो ९राजीनामा० भन्नुहुन्थ्यो । मैले पार्टीभित्रै विरोध भएकाले बस्दिन भनें ।’
२०२७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिमा लागेका उनी पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भए । कांग्रेसको बाँके सभापति भए । कांग्रेस विभाजनपछि गठित प्रजातान्त्रिक कांग्रेसमा पनि जिल्ला सभापति भए । कांग्रेसको १३ औं महाधिवेशनमा प्रतिनिधि पराजित भएपछि भने उनी पार्टी राजनीतिमा निष्क्रियजस्तै थिए । हमाल कांग्रेस राजनीतिभन्दा भन्दा ज्यादा हिन्दू राष्ट्र नेपालको अभियानमा सक्रिय थिए ।
गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन चाहन्थे उनी । तर, टिकट दिइएन । मन्त्रीको भागबण्डा नमिलेर झण्डै तीन महिना मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले कांग्रेसको कोटाबाट उनै हमाललाई मन्त्री नियुक्ति गरेको पत्याउन मुश्किल छ । प्रधानन्यायाधीश राणाले अस्वीकार गरे पनि हमालको नियुक्तिमा उनकै हात देखिन्छ ।
‘म त श्रीमतीको उपचार गर्न काठमाडौं आएको नि । एकाएक मन्त्री बनेँ । विवादमा मुछ्न खोजेपछि राजीनामा गरेर घर फर्किन लागेँ’, उनले भने । उनको सिंहदरबार प्रवेश र बर्हिगमन भइसक्दासमेत श्रीमतीलाई अझै सञ्चो भइसकेको छैन । उपचारको जिम्मा छोरीलाई छाडेर सोमबार उनी नेपालगञ्ज फर्किंदैछन् ।
झण्डै तीन सातापछि घर फर्किन लागेका हमालले जाँदाजाँदै भने, ‘जे बोल्नुछ, अब नेपालगञ्ज गएरै बोल्छु ।’३० घण्टा मन्त्री बनेका गजेन्द्र हमाल भन्छन्– विवादमा मुछिनुभन्दा छाडिदिएँ

झण्डै तीन सातापछि घर फर्किन लागेका हमालले जाँदाजाँदै भने, ‘जे बोल्नुछ, अब नेपालगञ्ज गएरै बोल्छु ।’