काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । यसअघि कात्तिक २ र ३ गते खुवाइने पूर्वनिर्धारित योजना थियो तर, दशैंको कारण मिति परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो दिन भिटामिन ‘ए’ र जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ । सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय