राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दल दर्ताको लागि निर्वाचन आयोग समक्ष निवेदन दिएको छ । आज निर्वाचन आयोगमा गएर पार्टीका शीर्ष नेताहरुले निवेदन दिएका हुन् ।
राजपासँग पार्टी एकता गरेका ६ दलका अध्यक्षले आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने तथा सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् ।
केहि समय अघि देखिनै पार्टी दर्ताको तयारीमा रहेको राजपा पार्टी विधानको प्रस्तावनामा गजेन्द्र नारायण सिंहको नाम राख्नुपर्ने अडान राखि तत्कालीन सद्भावना पार्टीका अनिल झाले हस्ताक्षर नगरेपछि दर्ता कार्य स्थिगित भएको थियो ।



