बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।
सुनील सेट्टीसँगको तस्बिर पोष्ट गर्दै निर्देशक भट्टले नेपालमा सेट्टीलाई स्वागत छ भनेका छन् । चलचित्रमा उनको भूमिका कस्तो हुने छ त्यो भने निर्देशक भट्टले प्रष्ट पारेका छैनन् । उक्त चलचित्रमा अनमोल केसी, सौगाल मल्ल, अनुपविक्रम शाही, प्रियंका कार्कीलगायतले काम गर्ने छन् । ‘एक्स–९’ एक्सन थ्रिलर चलचित्र हुने बताइएको छ । उनले यो चलचित्रलाई नेपालकै ठूलो एक्सन थ्रिलर चलचित्र भनेका छन् ।
सुनील भारतीय चलचित्र उद्योगका सफल नायक हुन् ।
चलचित्रको ट्रेलर चाँडै रिलिज गर्ने घोषणा गर्दै उनले आगामी वर्षको दसैंमा चलचित्र रिलिज गर्ने बताएका छन् । भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ कोरोना संक्रमणको त्रास अगाडि नै निर्माण भए पनि रिलिज भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर