तीन दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षापछि आएको बाढीपहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो। दैलेख, जुम्ला र कालीकोट खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। दैलेखमा मटीयाखोला, कालीकोटको शेरीघाट र जुम्लाको भूगोलपाटामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार दैलेखका गुराँस गाउँपालिका–२ मटीयाखोलामा सुख्खा पहिरो गएको छ। त्यहाँको सडक डिभिजन कार्यालय सुर्खेतको जेसीबीसहितको टोली, प्रहरी चौकी तल्लोंगेश्वर र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका छन्। त्यस्तै कालीकोट खाँडाचक्र नगरपालिका–२ शेरीघाट र पिलीमा पनि पहिरो गएको छ। पिलीमा आइतबार गएको पहिरो अझै पन्छाउन सकिएको छैन। शेरीघाटमा बिहीबार बहानै पहिरो गएको हो। शेरीघाट र पिलीमा गएको पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले जेसीबीसहितको टोली र कालीकोटबाट अस्थायी प्रहरी पोस्ट हुल्मको टोली खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जनाए।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेत भएर कालीकोट, जुम्ला र मुगु आउजाउ गर्ने यात्रु मर्कामा परेका छन्। वर्षा रोकिएका कारण बिहीबार साँझसम्म कर्णाली राजमार्ग र मुगु–नाग्मा सडक खण्ड पूर्ण रुपमा खुल्ने प्रहरीले जनाएको छ।
त्यस्तै मुगु–नाग्मा सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ। जुम्लाको हिमा गाउँपालिका–५ भूगोलपाटा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। त्यहाँ जुम्लाबाट अस्थायी प्रहरी पोस्ट जुगार्डको प्रहरी टोली र गाउँपालिकाको जेसीबीको टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सुर्खेत भएर कालीकोट, जुम्ला र मुगु आउजाउ गर्ने यात्रु मर्कामा परेका छन्। वर्षा रोकिएका कारण बिहीबार साँझसम्म कर्णाली राजमार्ग र मुगु–नाग्मा सडक खण्ड पूर्ण रुपमा खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय