मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन निकै शुभ रहनेछ । परिवार ,आफन्त तथा मित्रसँग समारोहमा उपस्थित हुनुहुनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि उत्साह रहनेछ । शारीरिक तथा मानसिक स्वस्थतामा ध्यान राख्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिकरुप रुपले निराश रहनुहुनेछ । चिन्ताको कारण मान्सिकी भार रहन सक्छ । परिवारसँग मनमुटाव होला परिश्रम गर्दापनि सफलता प्राप्त हुदैन । नसोची निर्णय नलिनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

व्यापारी वर्गको लागि दिन शुभफलदायी छ । व्यापारमा तथा आम्दानी वृद्दि हुनेछ । पेसामा उच्च अधिकारीको कृपा दृष्टि रहनेछ विवाह गर्न उत्सुक व्यक्तिले जीवन साथी मिल्ने योग छ । परिवारमा श्रीमती र छोराको तर्फबाट खबर प्राप्त होला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको लागि दिन शुभ रहला परिवारमा मैत्रीपूर्ण वातावरण बनिरहनेछ । घरमा नयाँ सजावट गर्नुहुनेछ । पेसा गर्नेको लागि पदोन्नतिको योग छ । शारीरिक रुपले स्वस्थ र मानसिक रुपले प्रसन्न रहनुहुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन आलस्य र थकानमा बित्नेछ । उग्र स्वभावमा मानसिक रुपले निराश रहनुहुन्छ । पेट सम्बन्धित समस्या रहला सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्न पर्ने हुनेछ । संकटजनक विचार र आयोजनबाट टाढा रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खानपिनमा विशेष ध्यान दिनुहोला । स्वास्थ्य प्रति ध्यान दिनुहोला । अनैतिक कृत्यबाट टाढा रहनुहोला । सरकार-विरोधी प्रवृत्तिको कारण समस्या उत्पन्न होला । अधिक खर्च बढ्नेछ बोलीमा ध्यान दिनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

संसारिक जीवनको आनन्द विशेषरुपले मनाउन सक्नुहुन्छ। परिवारसंग सामाजिक समारोहमा बाहिर जान सक्नुहुन्छ । व्यापारीको व्यपार वृद्दि होला । सामाजिक क्षेत्रमा सफलता र किर्ति मिल्ने योग छ । आकस्मिक धनलाभ होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन सुखमय तरिकाले बित्नेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुन्छ । शारीरिक स्वस्थताको तथा मानसिक प्रफुल्लितताको अनुभव होला । माईतबाट समाचार प्राप्त होला । अधुरो कार्य पूरा होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रिसमा ध्यान राख्नुहोला । पेट सम्बन्धित समस्या रहनेछ । कुनै पनि कार्यमा सफलता नमिल्दा निराश रहनुहुन्छ । साहित्य वा अन्य कुनै सिर्जनात्मक कला प्रति रुची रहनेछ । सन्तानप्रति चिन्ता रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन प्रतिकुलतामय रहला । परिवारसँग झगडा अथवा चर्चाको प्रसंग बन्नेछ । निन्द्रा नपुग्दा स्वास्थ्य बिग्रन सक्छ । मन व्यथित रहन सक्छ । तपाईमा उर्जाको अभाव रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनबाट चिन्ताको भार हल्का हुनेछ । मानसिक रुपले प्रफुल्लित रहनुहुन्छ । शारीरिक स्वास्थ्य स्वस्थ रहला । पारिवारिक वातावरण आनन्दमय रहला । छोटा यात्रा होला। विशेषगरी भाई-बहिनीको तर्फ बाट लाभ होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नकारात्मक विचारलाई मनबाट हटाउनु होला। रिस र बोलीमा ध्यान राख्नुहोला। कसैसँग वाद-विवाद वा झगडा सकेसम्म टाल्नु होला। खानपिनमा विशेष ध्यान दिनुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ । बिगुल न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय