
काठमाडौं– गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कात्तिक ८ गते नेपाल आइपुग्ने भएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो। उक्त खोप कुन समूहलाई दिने भन्ने विषयछलफल भइरहेको बताइएको छ। फाइजरको खोपको गाइडलाइन बनाउने कार्यसमेत भइसकेको छ। उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्स मार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।