प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् । उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए । त्यसका लागि कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित
सवाल नेपालसंवाददाताशुक्रबार, ५ कात्तिक २०७८

मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



