शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान संसदको चौथो ठूलो शक्ति राप्रपा सहितका साना दललाई धक्का लागेको छ ।

उनीहरुले सरकारमा सहभागि हुने इच्छा देखाएपनि देउवाकै ढिलासुस्ती र वेवास्ताका कारण धक्का लागेको हो ।

पहिला कांग्रेस र माओवादी केन्द्रबीचको भागबण्डा मिलाउने र त्यसपछि मात्रै  आवश्यकताअनुसार राप्रपा र अरु साना  दललाई सरकारमा ल्याउने  मूडमा देउवा रहेका छन् ।

देउवाको सोहि मूडका कारण राप्रपाले सरकारमा सहभागि हुनको लागि वार्ता टोली बनाएको भएपनि  एक महिनाको बीचमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् ।

राप्रपा नेताहरुले हालसम्म सत्तामा जानेबारे कुनै प्रगति हुन नसकेको  भन्दै सरकारमा आफूहरुले चाहेको सम्मानजनक सहभागिता रहेको बताए तर प्रचण्ड देउवा  अझै पनि स्पष्ट नरहेको बताउन थालेका छन् ।

राप्रपा  देउवा नेतृत्वको सरकारमा जान तम्तयार रहेको छ तर उपप्रधानमन्त्री पाउने या नपाउने भन्ने  विषयले मात्रै अलमलमा रहेको बताइएको छ ।

राप्रपाभित्र कमल थापा  र उनी निकटका नेताहरु  उपप्रम पाएमात्रै सरकारमा जाने पक्षमा रहेका छन् भने कमल थापा इतरका अर्का नेता पशुपति शमशेर राणा खेमाका नेताहरु  उपप्रम नपाएपनि सरकारमा जानुपर्ने पक्षमा रहेका छन् ।

सत्तारुढ दलले यसअघि नै उपप्रमबाहेकको तीन मन्त्रालय राप्रपालाई दिने बताएको थियो ।  तर कमल थापा खेमाका नेताहरुले उपप्रमबिना सरकारमा सहभागि नहुने  सन्देश देउवालाई पठाएको थियो भने सरकारमा उपप्रमसहितको सम्मानजनक उपस्थितिको माहोल बनाउन महामन्त्री  जयन्त चन्दको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

यद्यपी सो वार्ता टोलीले अहिलेसम्म कुनै सहमति जुटाउन नसकेको हो र सरकारमा सहभागि हुने नहुने बारे पनि कुनै ठोस प्रगति हुन नसकेको हो ।

यसैबीच साना दलहरु सरकारमा सहभागि हुन  देउवाको जवाफ कुरेर बसेका छन् । सरकार गठनका वेला कांग्रेसले साना दललाई सरकारमा सहभागि गराउने बचन दिएको भएपनि  त्यसपछि भने कुनै छलफल नभएको बताइएको छ ।

यसो त नेकपा संयुक्तसहित लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी समेत सरकारमा जान इच्छुक भए पनि कुनै छलफल हुन नपाएको बताइएको छ ।
सत्तारुढ दल र देउवाले राप्रपासहितका साना दललाई सरकारमा सहभागि गर्नेबारे ठोस जवाफ नदिँदा उनीहरुको सरकारमा सहभागि हुने चाहना तत्काललाई रोकिएको बुझिएको छ । यसले पनि तनाव सिर्जना भएको देखिन्छ । न्यूज अभियान बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah