बिष्णुप्रसाद पोखरेल

दमक/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरमा निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरुलाइ सम्मान गर्दै जनतासामु गरेका प्रतिबद्धता पुरा गर्न निर्देशन दिएकाछन् ।

उनले एमालेलाइ जनाताले त्यसै मत नदिएको बताउदै बिकास र सम्बृद्धिको लागि दिएको उनले बताए । जनताको भरोसालाइ मर्न नदिन उनले आग्रह गरे ।

दमकमा शनिबार भएको बिजयसभामा बोल्दै ओलीले यस्तो बताएकाहुन् । उनले अब बिकास र सम्बृद्धिको ढोका खुलेको बताउदै निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्नका लागि कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।

उनले सुकुम्बासी तथा भूमिहिनको समस्या सामधान हुने र दमकको बिकासमा कायपलट हुने जनाए ।

ओलीले ग्रहचर र भगवानपनि एमालेको पक्षमा नै रहेको प्रमाणित भएको पनि बताए । बिजयसभामा आएकी कमल गाँउपालिकाकी नवनिर्वाचित अध्यक्ष मेनुका काफ्लेलाइ बधाइ दिदै उनले भने–‘अरु त के अब भगवान र ग्रहचर पनि पो एमाले भइसकेछन्, चिठ्ठा पनि एमालेलाइ नै परेको छ, यो सबै एमाले भएको एउटा उदाहरण हो ।’

ओलीले दमकको बिकासको जिम्मेवारी अब नयाँ जनप्रतिनिधिहरुको काँधमा रहेको जनाए । जन अपेक्षालाइ बुझेर बिकासको गतिलाइ तिब्रता दिन उनले आग्रह गरे ।

हार बेहोरकाहरुलाइ निराश नहुन आग्रह गर्दै सबैलाइ मिलाएर र समेटेर लैजाने जनाए । उनले हार कसैको नभएको र सबैको जित भएको उल्लेख गरे ।

https://youtu.be/yCR9KHL5T3s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah