नेपाली राष्ट्रिय फुटबल टिमको आजदेखि पूर्व निर्धारित बन्द प्रशिक्षण स्थगित गरिएको छ। संघका अनुसार केही प्राविधिक कारण बन्द प्रशिक्षण स्थगित गरिएको हो। बन्द प्रशिक्षण आगामी जुलाई ७ तारिखदेखि सुरु हुने जनाइएको छ।
बन्द प्रशिक्षणका लागि ५० जना खेलाडीहरुलाई डाकिएको छ। प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा २ सिफ्ट गरेर संचालन गरिने लक्ष्य राखिएको छ।



