नवलपरासी : दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् ।

नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन ।

नवलपुर क्षेत्रका– आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली काँग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो ।

संविधानमा उल्लेखित विधान संशोधन मार्फत् छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताए ।

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताए । सकेसम्म छिट्टै यो विषयमा सरकारले निर्णय लिनुपर्ने लामिछानेले बताए ।
यस्तै नेकपा एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताए।

यसैगरी माओवादी केन्द्र नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पु¥याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गर्नुभयो । सरकारमा रहेको दल भएकाले पनि आफूहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि घचघच्याउने नेताले जनाएका छन् ।

हाल राज्यपुनः सरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी ( परासी क्षेत्र ) लाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश न–५ मा राखिएको अवस्था छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah