दमक/नेकपा एमालेको आज शनिबार सम्पन्न वडा अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयनको कसरत गरिएको छ । कतिपय वडा कमिटीको अध्यक्षमा आफनो दाबी पेश गरेकाहरु मध्येलाई नै वडा कमिटीका पदाधिकारीमा जिम्मेवारी दिदैं नयाँ कमिटीहरु गठन गरिएका बताइएको छ ।

सो पार्टीका नेता, कार्यकर्ताहरुले अधिवेशन उदघाटन हुनु अघि वडा अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने सम्बोधनको बिषयलाई सामाजिक सञ्जालमा प्राथमिकतासाथ प्रचार प्रसार गरेका थिए । पार्टीको नेतृत्वका लागि ठाउँ ठाउँमा रहेका दर्जनौं आकांक्षीहरुलाई व्यवस्थापन गर्न झापाका महत्वपूर्ण मानिएका कतिपय वडाहरुमा केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरु खटिएका थिए ।
शनिबार शुरु गरिएको वडा अधिवेशन झापाका कतिपय वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएका छन । कमल ३ को वडा कमिटी अध्यक्षमा अग्नी कोइराला सर्वसम्मत चयन भएका छन भने ६ नम्बर वडा कमिटीको अध्यक्षमा तुलसी बाँस्कोटा चयन भएका छन । दमक वडा नं ७ को वडा अधिवेशनले राधाकृष्ण आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । त्यस्तै वडा नं ६ मा दुर्गा प्रसाद उप्रेतीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन गरिएको छ । दमक ८ को अध्यक्षमा खेम श्रेष्ठ, २ को अध्यक्षमा राजकुमार अधिकारी चयन भएका छन ।

त्यस्तै गौरादहको ५ नम्बर वडामा जगन्नाथ खनालको अध्यक्षतामा र गौरादह ९ मा ओम निरौलाको अध्यक्षतामा ३१ सदस्यीय , गौरादह ८ मा भुमीराज पोखरेलको अध्यक्षतामा वडा कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएका छन । त्यस्तै गौरीगञ्जका वडाहरुमा पनि सो पार्टीको सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । जस अनुसार गौरीगञ्ज १ को वडा कमिटी अध्यक्षमा राजभक्त सुनुवार , २ को अध्यक्षमा वडा कमिटी अध्यक्षमा बलराम राजवंशी, वडा नं ३ को अध्यक्षमा रुपक श्रेष्ठ, ४ को अध्यक्षमा सितानाथ गिरी र ५ को अध्यक्षमा विजय गनगाई चुनिएका छन ।
आगामी निर्वाचनमा उम्मेदवारको सिफारिस गर्ने तल्लो कमिटीका रुपमा समेत वडा कमिटी हुने भएकाले यस पटक एमालेको १० औं महाधिवेशन अन्तर्गतको अधिवेशनलाई महत्वसाथ हेरिएको छ । उम्मेदवारहरुको सिफारिस मात्रै होइन एमाले पार्टीबाट अलग भएको माधवकुमार नेपाल समुहले छुट्टै पार्टीका रुपमा नेकपा एकीकृत समाजवादी गठन गरेका कारण पनि यसपटकको अधिवेशन आफैंमा आन्तरिक शुद्धिकरणका लागि महत्वपूर्ण मानिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय