कर्णाली प्रदेश प्रहरी कार्यालयले अघिल्ला बर्षको तुलनामा चार गुणा बढि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । अदालतले कैद तथा जरिवाना तोकेका ५ सय ७४ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । विशेष अभियान नै सञ्चालन गरी फरार सूचिमा रहेका अभियुक्तहरुलाई खोजी गरी नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी गणेश बहादुर ऐरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर