काठमाडौं( पुँजी बजार परिसूचक(नेप्से, साताको कारोबारको पहिलो दिन आइतबार बढेको छ। नेप्से २७।५१ अंकले बढेर २ हजार ५ सय ८३।९७ विन्दुमा पुगे‍को छ। आइतबार ट्रेडिङबाहेक अन्य सबै उपसमूहको सूचक बढेका छन्। फाइनान्स उपसमूहको सूचक चार प्रतिशतभन्दा बढीले बढे‍को छ। बेस्ट फाइनान्स र रिडि हाइड्रो पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ।

रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर,मानुषी लघुवित्त, सपोर्ट लघुवित्त र बरुण हाइड्रो पावरको शेयर मुल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।
५८ लाख १८ हजार २८ शेयर कित्ताको खरिद विक्री भएकामा २ अर्ब ७७ करोड २४ लाख २० हजार एक सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय