मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन समाधानकारी व्यवहार अपनाएर कुनै पनि सङ्घर्ष हुनेछैन। लेखक र कलाकारको समय अनुकूल छ। तपाईको प्रेम बढ्नेछ । तपाईको चिन्ता बढ्नेछ र उत्साह कम हुनेछ। साथीसँग यात्रामा जानुहुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

महत्त्वपूर्ण कार्य पूरा गर्नको लागि शुभ दिन छ । धन लाभ होला । तपाई शारीरिक र मानसिक रुपले उत्साही रहनुहुनेछ ।परिवारसँग समय आनन्दपुर्वक बिताउनुहुन्छ । नयाँ कार्य मध्यान्न अघि नै पूरा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

घरमा परिवारसँग तपाईको विरोध हुनेछ। शारीरिक स्वस्थता र मानसिक व्यग्रताको अनुभव होला । काम प्रारम्भ गरेपछि अपूरा रहनेछ । पारिवारिक वातवरण अनुकुल रहनेछ । मनोरन्जनमा पैसा खर्च हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यापारमा लाभ हुने योग छ। रमणीय स्थलमा घुमफिर हुनेछ । मध्याहनपछि तपाईको शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ । आँखाको रोगले कष्ट हुन सक्छ। परिवारमा खर्च होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

नयाँ कार्यको आयोजन गर्नुहुनेछ । अपूर्ण कार्य पूरा होला । आफन्तको तर्फबाट उपहार मिल्न सक्ला । परिवार र मित्रसँग आनन्ददायी क्षण बिताउनुहुनेछ । छोटो वा आनन्ददायी यात्रा हुनेछ । व्यापर क्षेत्रमा लाभ होला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यवसाय वा अन्य व्यपारबाट धन लाभ प्राप्त होला । लामो यात्रा होला । स्वास्थ्यको ख्याल राख्नुहोला टाढा स्थित आफन्तको सहयोग मिल्नेछ । घरमा सुख र सन्तोषको भावना मनमा रहनेछ । सम्मान हुनाले मन प्रसन्न रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शिथिलता र अधिक कार्यभारको कारण मानसिक व्याकुलताको अनुभव हुनेछ। निर्धारित समयमा कार्य पूरा गर्नुहुनेछ। आफ्नो स्वास्थको ध्यान आफै गर्नुहोला। यात्रामा विघ्न आउने सम्भावना छ। नयाँ कार्यको सुरुवातको लागि दिनको उत्साहमय रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईमा शारीरिक स्फूर्ति र मानसिक प्रफुल्लिता बनिरहनेछ। खानपिनमा ध्यान दिनुहोला । शारीरिक शिथिलता र मानसिक व्यग्रता अनुभव हुनेछ। कार्य अपूर्ण रहन सक्छ। यात्रामा विघ्न आउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन आनन्दपूर्ण र् उत्साहपूर्ण रहनेछ । तपाईको कार्य योजना अनुसार सम्पन्न हुनेछ । धन सम्बन्धित लाभ होला । घरायसी जीवनमा मधुरता बनिरहनेछ । व्यापारीको व्यापारमा लाभ होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिश्रमको अपेक्षा कम फल मिल्नेछ। आफन्सतसँग सम्बन्ध सुरुचीपूर्ण हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ । मध्यान्नपछि अधूरो कार्य कार्यहरु पूर्ण हुनेछ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विद्यार्थी, कलाकार र खेलाडीका लागि दिन राम्रो छ । पिता तथा सरकारको तर्फबाट लाभ होला । तपाईको मनोबल बलियो रहनेछ। पाचन प्रणाली बिग्रन सक्ला। पढाइ लेखाइमा रुचि बढ्नेछ। पैसा सम्बन्धी व्यवस्थित घटनाहरू आयोजना गर्न सक्षम हुनुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाई काल्पनिक संसारमा हराउनु हुनेछ। सिर्जनात्मक शक्तिलाई पनि उचित दिशा मिल्नेछ । परिवार र साथीभाईसँग खानपिनको आयोजना हुनेछ। दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। बिद्यार्थीहरुको अध्ययनका लागि समय राम्रो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय