काठमाण्डौ- हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन  ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ , जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन  ‘ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय