काठमाडौं । नेपालले आज एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरू हुनेछ । यस प्रतियोगितामा पछिल्लो दुई संस्करण नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । नेपालले खेलेका ६ वटै खेलमा हार ब्यहोरेको छ । र, कुनै पनि गोल गर्न सकेको छैन ।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी ५ खेलाडीसहित ताजकिस्तान पुगेको नेपाली टोली इरानविरुद्ध उच्च मनोबलकासाथ खेल्दैछ । नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले हराएको थियो ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेल आज इरानसँग, दोस्रो खेल अक्टोबर २८ मा ताजिकिस्तानसँग र अक्टोबर ३१ मा समूहको अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने मौका पाउँनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

नेपाली २३ टोली-

गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah