
काठमाडौं, १० कात्तिक । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने छ ।
बुलेटिनमा अगाडि भनिएको छ- देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र तराई क्षेत्रत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहने जानकारी महाशाखाले दिएको छ । महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ – देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना, साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ– देशका थोरै स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ ।
(नोट – मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०-११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नु पर्छ । यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो ।)