सत्तारुढ दल नेपाली कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसँग पर्याप्त आधार रहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एक हप्ताभित्रै संशोधन प्रस्ताव पारित गराउने पर्याप्त आधारहरु छन् ।’ उनका अनुसार प्रस्ताव पारित हुने पहिलो आधार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको निकासको सूत्र रहेको छ ।

यादवले भने, ‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, पास गराउने प्रक्रिया सुरु भैसकेको छ, महाकाली सन्धि र सशस्त्र विद्येयक त पारित गर्नुभयो, त्यसैले उहाँसँग खुबी छ ।’ सकेसम्म एक हप्ताभित्रै नभए तेस्रो चरणको स्थानीय तहको निर्वाचनको नोमिनेशन दिनुभन्दा अघि नै संशोधन प्रस्ताव पारित हुने उनले विश्वास दिलाए ।

त्यस्तै यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सरकारले हतार गरेको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने, ‘तेस्रो चरणको निर्वाचनपछि पास गर्दा राष्ट्रघाती नहुने, अनि त्यही प्रस्ताव अघि पास हुँदा कसरी राष्ट्रघाती हुन्छ ?’

उनले संविधानमा सर्वस्वीकार्य हुन नदिने एमालेको राणनीति चाल चालेको समेत आरोप लगाए । यादवले भने, ‘एमालेको चाल भनेको नै संशोधनलाई सबैको स्विकार्य हुन नदिने हो, एउटा पक्षले विरोध गरिरहोस भन्ने उसको चिन्तन छ, तर एमालेको रणनीति फेल हुन्छ ।’ संशोधन प्रस्तावको पक्षमा भोट नहाले एमालेलाई ईतिहाँसले कलंकको दाग बोकाउने समेत उनको आरोप थियो ।

उनले प्रधानमन्त्री देउवाले चमत्कार गरेर संशोधन प्रस्ताव पारित गर्ने र बाँकी निर्वाचनपनि समयमै सम्पन्न गर्ने विश्वास दिलाए । उनले भने, ‘हेर्दै जानुहोस्, देउवाजीले चमत्कार गर्नुहुन्छ, स्थानीय तहको तेस्रो चरणको निर्वाचन, प्रदेशको र संसदको निर्वाचन उहाँले समयमै गर्नुहुन्छ ।’

उनले एमालेले अहिले गरिरहेको विरोधको राजनीति सरकारमा सहभागी हुने रणनीति मात्रै भएको टिप्पणी समेत गरे । यद्धपी उनले एमाले प्रतिपक्षमै बस्नुपर्ने धारणा राखे । ‘किनकी मुलुकमा बलियो प्रतिपक्ष पनि चाहिन्छ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah