उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी दिनेगरी सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ९ कार्तिकदेखि सुरु भएको शिविरमा महिलामा लाग्ने विभिन्न रोगको स्कृनिङ र परामर्श दिइएको छ । यहीँ क्रममा बिहीबार वडा नम्बर। ४ बलम्ता स्वास्थ्य चौकीमा शिविर स्थापना भएको छ ।

महिलाको बच्चादानी (पाठेघर) मा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयोजित शिविर गाउँपालिकाका पाँचै वटा वडामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले जानकारी दिए । यही क्रममा हरेक गाउँमा घुम्ती शिविर राखेको लिम्बुले बताए । आउँदो १३ कात्तिकसम्म चल्ने शिविर गाउँपालिका महिला विकास शाखाको आयोजनामा भएको हो । सहायक महिला विकास निरीक्षक सुनिता लिम्बुका अनुसार शुक्रबार वडा नम्बर २ ताम्लिछा स्वास्थ्य चौकी र अन्तिम दिन शनिबार वडा नम्बर १ बाँसबोटे स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।

शिविर सन्चालनमा जिल्ला अस्पताल गाईघाटको प्राविधिक सहयोग रहेको छ । जिल्ला अस्पतालकी प्रसूति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा सेवा दिइरहेको छ । टोलीमा ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मी पनि छन् । शिविरमा महिलाको स्वास्थ्य परीक्षण तथा परामर्श र उपचार पनि भइहेको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए ।

बाराहा स्वास्थ्य चौकी शिविरमा ३८ महिलाले परीक्षण गरेकोमा आधा दर्जनमा जटिल समस्या देखिएको छ । जाँतेमा सम्पन्न शिविरमा ५३ जना महिलाले परीक्षण गराएकोमा ६ जनाको अवस्था जटिल पाएको राईले बताए ।

यौन रोग भए पनि लाजले महिलाले समयमा परीक्षण नगर्दा थाहै नपाइ रोग जटिल हुने भएकाले त्यस्तो समस्याको पहिचान गर्न गाउँ घरमै शिविर स्थापना गरेको गाउँपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत ताराकिरण राईले बताए । बच्चादानीमा क्यान्सर जस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरले सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah