नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन् । यसअघि प्रदेशको मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले जिम्मेवारी सम्हालेका थिए ।

बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट २०१३ सालजेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा जन्मेका पाण्डे २०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ ९क० बाट निर्वाचित भएका हुन् । नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी भएका उनी पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।
रातोपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय