• बिशाल अर्याल

माननिय प्रधानमन्त्रि ज्यु,
हृदयको हर कुना खोजें तर तपाईका सम्मानका लागी कुनै शब्द भेटिन। तर पनि यि हात निहत्य छन ,निर्जिब छन ,वाध्य छन जोडिन ।
हृदयको कुनै पनि कुनान्तरमा तपाईका लागी सम्मान बचेन तर पनि यि हात जोडिन्छन र टक्राउछन नमस्कार ,तपाई बसेको गरिमामय पदकै कारणले ।
देउवा ज्यु ,लोकतान्त्रिक देशमा जनताले प्रधानमन्त्रि बनाउछ , प्रधानमन्त्रिले जनता होइन ,त्यसैले तपाईको त्यो दंब,रिष तपाईको त्यो प्रधानमन्त्रिवाला स्टकोटको गोजिमै राख्नुहोस ।
तपाईको हिजोको कार्यक्रम हेरें । माफ पाऊं कुनै ब्यङ्गयात्मक सो भन्दा कम थिएन । थोरै बेर हासे र धेरै बेर निरास भएं । तपाईले बोलेका ति प्रत्यक शब्द -शब्दले चुब्दै थियो हामीलाई ।
जनताले बनाएको प्रधानमन्त्रि,
जनताले दिएको पद ,जनताले दिएको सम्मान प्रति यति धेरै घमन्ड गर्नुहुन्छ तपाई कि हामी सोझा -साझा जनताले तपाई सामुक्क्ष प्रश्न समेत गर्न नपाउने??
के यहि हो लोकतन्त्र??
के यसैलाई भन्छ जनताको शासन??
के यहि हो न्याय??
खबरदार प्रधानमन्त्रि ज्यु ,तपाईको त्यो रिषको ज्वालाले मेरो देशको एउटा केहि टुक्रा नबलोस,नजलोस ।
होसियार तपाईका ति रूखा शब्दले हामी युवाको रगत अझ नउम्लाउनुहोस । युवा जले पुरा ब्रमान्ड जल्छ भन्छन ,सरकार के चिज हो ??
तपाईका ति रिषले तपाईको सरकारको अनियमिता जलाउनुहोस ,भष्टचार जलाउनुहोस ।
रिष कर्मचारी माथि पोख्नुहोस जसले सप्तरी र अन्य ठाउंमा भइरहेको बाडी पहिरो बाट ग्रसित जनताको दाहाड सुन्दैन । मानिसहरू सामान्य औषधि ,खाना -कपडा र राहात नपाएर मरिरहेछन , तपाई यहां आफ्ना रूखा बोलीले जनताको आषा मार्दैहुनुहुन्छ ।
अंह न तपाई स्वाभिमानि हुनुहुन्छ नत तपाईलाई प्रधानमन्त्रि पदले सोभा दिन्छ ।
हामीलाई कत्ति पनि लागेन कि देशको बागडोर एक असल व्यक्तिको हातमा छ भनेर ।
जय देश
जय नेपाल
जय लोकतन्त्र

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय