असार । विर्तामोडमा शनिवार आएको बाढीले एक परिवार विस्थापित भएका छन । शुक्रबार रातिबाट आएको अविरल बर्षाको कारणले विर्तामोडबाट भद्रपुर सदरमुकाम जाने सडक छिचोलेर आएको बाढी घरमा पसेपछि विर्तामोड ३ शान्तिमार्गका शिव ओलीको घर डुवानमा परेको हो ।

घरमा ३ फिटसम्म पानी पसेपछि ओली आफन्तको शरणमा बसाइ सरेका छन् । सडक छिचोलेर घरमा बाढी पसैसंगै उनको पुरै धनमाल भिजेर नष्ट भएको र परिवार विचल्ली हुदै आफन्तको शरणमा विस्थापित हुनु परेको पीडित शिव ओलीको श्रीमती गँगा ओलीले बताउनु भएको छ

मेशीनरी सामानदेखि ओढ्ने ओछ्याउने सम्मको सामान पुरै भिजेर काम नै नदिने अवस्थामा रहेको स्थानीय छिमेकी प्रकाश सिटौलाले जानकारी दिनुभएको छ । ३ लाख भन्दा धेरै मुल्यको सामान भिजेर नष्ट भएको प्रहरीको अनुमान छ । dainik nepal



