नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले नेपालकै नदीमा पानीजहाज चलाउन सकिने खुलासा गरेका छन् । उनका अनुसार नेपालको नदी भएर काठमाडौंको नजिकैसम्म भारतबाट पानीजहाज आउन सक्छ ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द महासागरमा नेपाल झण्डा फहराइएको पानीजहाज चलाउने घोषणा गरेका थिए । त्यतिबेला विपक्षीहरुले उनको खिल्ली उडाएका थिए । तर, अहिले कुलमानले पानीजहाज चलाउने ओलीको सपनालाई अघि बढाउने जमर्काे गरेपछि ओलीका आलोचकलाई गतिलो जवाफ दिएको छ ।

शनिबार रामेछाप–काठमाडौं पत्रकार समाजको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै कुलमानले जापानी सहयोग नियोग (जाइका)ले २० वर्षअघि नै तयार पारेको जलविद्युतको सम्भाब्यता अध्ययनसहित एउटा रिपोर्ट र मास्टर प्लानमा कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने देखाइएको तथ्य बाहिर ल्याएका हुन् ।

उनका अनुसार यो रिपोर्ट सन् १९८५ मै बनेको थियो तर, अहिलेसम्म कार्यान्वयनमा आएको छैन । यद्यपी विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमानले यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वसमक्ष पहल गरिरहेको जानकारी दिए ।

‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ,’ कार्यक्रममा सञ्चारकर्मीसँग उनले भने– ‘ठूला जलाशययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’

जाइकाको रिपोर्टअनुसार पानीजहाज चलाउन सप्तकोशी (चतरा)देखि सुनकोशी–३ (दोलालघाट) सम्म यो बीचमा ४ वटा ठूला जलाशययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah