काठमाडौं। स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले पार्टी भित्रकै ‘अन्तरघाती’ हरुलाई कार्वाही शुरु गरेको छ। नेपाली कांग्रेसको विधानको परिच्छेद–५ को दफा–३४ को उपदफा २ तथा नेपाली कांग्रेस, केन्द्रिय कार्यालयको २०७४ आषाढ ७ गतेको पत्रानुसार विभिन्न जिल्लाका स्थानिय समितिहरुले पार्टी उमेद्वारहरुलाई नै अन्तरघात गरेर हराउनेहरुलाई कार्वाही शुरु गरेको हो।

स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समिति गोरखाले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ।

समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट गाउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ ।

तामाङ, अम्गाई र लामिछाने अर्को पार्टीबाट र काप्री बागी उम्मेदवार उठेको उजुरी जिल्ला कार्यसमितिमा परेपछि त्यसको छानविनका क्रममा उनीहरु दोषी पाइएपछि उनीहरुलाई कार्वाही गरिएको न्यौपानेले बताए। ।

यसैगरि नेपाली कांग्रेस, सिद्धार्थनगर वडा नं. १ वडा समितिको क्रियाशिल भेलाले स्थानिय तहको निर्वाचनको समिक्षा गर्दै अन्तरघात गर्नेलाई पार्टीबाट निष्कासन गरेको छ। वैठकले पार्टी केन्द्रिय समितिको निर्णय अनुसार १० जनालाई पार्टीबाट निष्कासन गरेको हो। वैठकले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय सर्वसम्मतिले गरेका छन्।

पार्टीबाट निष्कासनमा पर्नेहरुमा सुमित प्रधान सिद्धार्थ नगरपालिका नगर सह–सचिव रहेका छन्। क्षेत्रिय सदस्य मन कुमारी प्रधान, वडा समिती उपसभापति अदालत खाँ, वडा समिती सह–सचिव भानु नारायण प्रधान र क्रियाशिल सदस्यहरु मनु प्रधान, सुभाष प्रधान, धिरेन्द्र के.सी. गोविन्द खड्का, सुर्य कुमार लामा, टोप बहादुर गुरुङ्ग रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah