काठमाडौं २५ असार– निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । संविधान संशोधनमा दुईतिहाइ पुर्याउने गरी देउवाले राप्रपा र संघीय समाजवादी फोरम समेतलाई सरकारमा सहभागि गराउने तयारी शुरु गरेका छन् ।

संसद्को चौथो ठूलो दल राप्रपाले सरकारमा सहभागिताका लागि उपप्रधानसहित चार मन्त्रालय दाबी गरेको छ । प्रधानमन्त्री देउवाका विश्वासपात्र उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सबै दलको चित्त बुझाएर मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए ।

प्रधानमन्त्री देउवाले एक दुई दिनमै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका उनका सहयोगीहरुले जनाएका छन् । देउवाले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागि गराउन गृहकार्य गरिरहेका छन् ।

सरकारमा सहभागिताको बिषयमा छलफल गर्न राप्रपा संसदीय दलको बैठक आइतवार सिंहदरवारमा बसिरहेको छ । बैठकले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाएमा सरकारमा सहभागि हुने निर्णय गर्ने भनिएको भनेपनि निर्णय हुन सकेन ।

शुरुमै सरकारमा सहभागिता जनाउन खोजेपनि कांग्रेस र माओवादी केन्द्रले महत्व नदिएपछि राप्रपा सरकारमा सहभागि भएको थिएन । उपप्रधानमन्त्री पाएमा पार्टी अध्यक्ष कमल थापा नै सरकारमा सहभागि हुने राप्रपा स्रोतको भनाइ छ । पार्टीले सरकारलाई समर्थन गरेकोले सरकारमा सहभागिता जनाउने कुरा स्वभाविक भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले बताए ।

प्रधानमन्त्री देउवाले संविधान संशोधन विधेयक पारित गराउने गृहकार्य पनि गरिरहेका छन् । संशोधन पारित गराएर तेस्रो चरणको चुनावमा मधेस केन्द्रित दलहरुलाई सहभागि गराउन प्रधानमन्त्री देउवाले राजपाका नेताहरुसंग नियमित परामर्श गरिरहेका छन् ।

कांग्रेस माओवादीबीच मन्त्रालयको भागवण्डा नमिल्दा तथा कांग्रेस भित्रको विबादका कारण प्रधानमन्त्री निर्वाचित भएको एक महिनासम्म देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रले मन्त्रिमण्डलमा सहभागी हुने नेताहरुको सूची तयार गरेको भएपनि प्रधानमन्त्री देउवाले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसकेका कारण समस्या भएको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah