https://www.youtube.com/watch?v=JnsA5-uI4dg

झापा दमकका नेपाली काँग्रेसबाट मेयरका उम्मेद्वार ढुण्डिराज भण्डारी र उपमेयर उम्मेद्वार रेगिना भट्टराइ सहित वडाध्यक्ष तथा वडासदस्य उम्मेदवारहरुमाथि पार्टीको जिम्मेवार तहबाट नै अन्र्तघात भएको भन्दै नेपाली काँग्रेस दमकभित्र हंगामा भएको छ ।

मेयरका उम्मेदवार समेत रहेका भण्डारीले अन्तरघात गर्नेलाइ पहिचान गरेर ज्यान गएपनि नछाड्ने चेतावनी दिएकाछन् । उनले नेता आउदा भिड हुने तर भोट खसाउदा अन्ततिर खसाउनेहरुलाइ त्यसै छाड्न नसकिने जनाए ।

उनले बिगतमा धेरै पटक अन्र्तघात हुँदा त्यसलाइ टुलुटुलु हेर्दा काँग्रेस नै सकिने अवस्था लाग्न आएको बताउदै अब दमकमा काँग्रेसको अस्तित्व र कार्यकर्ताको बिश्वासलाइ कायम राख्न अन्र्तघातीहरुलाइ कार्वाही गरेरै छाड्ने दाबी गरे ।

सधै लोयल देखिने गरेका भण्डारी परिणाम पछि धेरै नै आक्रोृशित रुपमा प्रस्तुत भएकाछन् । उनलाइ उम्मेद्वार र वडा सभापतिहरुले साथ दिएकाछन् ।

भण्डारीले पार्टीभित्र क्यान्सहरु रहेको बताउदै त्यो क्यान्सरको जरा नै उखलेर नफ्याकेसम्म यस्तो पीडा खेपिरहनु पर्ने बताए । उनले भने केहि महासमिति सदस्य र महाअधिवेसन प्रतिनिधि भनौदाहरुछन्, उनिहरुलाइ कार्वाही हुन्छ र हामी कार्वाहीका लागि सिफारीस गर्छाै ।

उनले हार स्वभाविक भएको भन्दै तर जून रुपमा हार भएको छ यो भने अस्वभाविक भएको बताए । बिजेताहरुलाइ बधाइ दिदै काँग्रेसले राम्रो कामको समर्थन गर्ने र जनताको हित बिपरित काम गरे खबरदारी गर्ने पनि छुटाएनन् ।

उनले काँग्रेसका असल कार्यकर्ताहरुको भावानामा कुठरघात भएको जनाउदै निराश नहुन र अझ दृढताका साथ लाग्नका लागि आग्रह गरे । आफू सधै कार्यकर्ताको भावानाको कदर गरेर अघि बढ्ने उनले बताए ।

उपमेयरकी उम्मेदवार भट्टराइले प्रजातन्त्रमा हार र जित स्वभाविक भएकाले यसबाट बिचलित नभइ अघि बढ्नु पर्ने बताइन् । उनले काँग्रेसका बिचार कहिल्यै नमर्ने भन्दै हारबाट नै सिकेर अघि बढ्ने उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah