विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेकी छिन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन् । उमेदवार घोषणा गर्नका लागि नै विराटनगर आएको उनले बताएकी छिन् ।
गिरिजा बाबुले पनि विराटनगरमा आएर महत्वपुर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाट नै उमेदवार घोषणा गरेको बताइन् ।
उनले काँग्रेसले पनि अर्ली इलेक्सन चाहेकोले चाँडै देश निर्वाचनमा जाने उनको भनाइ रहेको छ ।










