नेपालको संविधान अनुसार सरकारले नयाँ मर्यादा क्रम सार्वजनिक गरेको छ । नेपाल सरकार गृह मन्त्रालयले जेठ २४ गते जारी गरेको सुचनाका आधारमा नयाँ मर्यादा क्रम अनुसार संविधानले शक्तिशाली बनाएको स्थानीय तह र त्यसको पनि सबैभन्दा ठूलो श्रेणी महानगरपालिकाका जननिर्वाचित प्रमुख राष्ट्रिय मर्यादा क्रममा १८ औं नम्बरमा छ ।
तर पदका क्रममा भने महानगरको प्रमुख भन्दा अगाडी ५० वटा पद रहेको छ । त्यस्तै, नगरपालिका र उपमहानगरपालिका प्रमुखहरु १९ औं नम्बरमा पर्दछन् । उनीहरुसँगै नेपाल सरकारका सहसचिवहरु समेत रहने पनि मन्त्रालयले जनाएको छ । तर गाउँपालिकाका अध्यक्षहरु २५ औं नम्बरको मर्यादा क्रममा पर्दछन् ।
मर्यादा क्रमको पहिलोमा राष्ट्रपति रहने छन भने दोस्रो, तेस्रो, चौथो र पाँचौं पदमा क्रमशः उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस र सभामुख रहने व्यवस्था गरिएको छ ।
पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौं मर्यादाक्रममा रहन्छन् भने उनीहरु पछि मन्त्री, व्यवस्थापिका संसद्को विपक्षी दलका नेता, पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, व्यवस्थापिका संसद्का उपसभामुख र पूर्व सभामुख सातौं नम्बरको मर्यादा क्रममा रहन्छन् ।
मर्यादा क्रमको सुची तल हेर्नुहोस ।
विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
| 1. | राष्ट्रपति |
| 2. | उप–राष्ट्रपति |
| 3. | प्रधानमन्त्री |
| 4. | प्रधानन्यायाधिश |
| 5. | संविधान सभाका अध्यक्ष / व्यवस्थापिका संसदका सभामुख |
| 6. | पुर्व राष्ट्रपति, उप–प्रधानमन्त्री |
| 7. |
मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पुर्व उपराष्ट्रपति, पुर्व प्रधानमन्त्री, पुर्व प्रधानन्यायाधिश, व्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पुर्व सभामुख
|
|
8.
|
राज्यमन्त्री, संविधान सभा / व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति / अध्यक्ष |
| 9. | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपती |
| 10. | सर्वोच्च अदालतका न्यायाधिश, न्यायपरिषद्का सदस्य |
| 11. | सहायक मन्त्री |
| 12. | संविधान सभा / व्यवस्थापिका संसदका सदस्य |
| 13. |
संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति संविधान सभा / व्यवस्थापिका संसदका महासचिव
|
| 14. |
पुनरावेदन अदालतका मुख्य न्यायाधिश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गर्भनर प्रज्ञा प्रतिष्ठानका उपकुलपती, विश्वविद्यालयका उपकुलपति
|
| 15. |
नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदत, सर्वोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधिश
|
| 16. |
रथी, प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी महानिरिक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्तराष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक,
|
| 17. |
उपरथी, प्रहरी अतिरिक्त महानिरिक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक
|
| 18. | जिल्ला विकास समितिका सभापति ( निर्वाचित) , महानगरपालिकाका प्रमुख (निर्वाचित) |
| 19. |
नेपाल सरकारका सह–सचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्लान्यायाधिश, राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी, उप–महानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिका प्रमुख, (निर्वाचित)
|
| 20. | नेपालस्थित विदेशी कन्सल जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख |
| 21. |
सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक
|
| 22. | महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक |
| 23. |
नेपाल सरकारका उप–सचिव, निर्देशक, राजपत्रांकित द्धितिय श्रेणीका कर्मचारी
|
| 24. |
प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक
|
| 25. |
सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, गाउँ विकास समितिका अध्यक्ष, (निर्वाचित)
|
| 26. | सह–सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रेणीका कर्मचारी |
| 27. |
उप–सेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत
|
| 28. | सहायक सेनानी |



