काठमाडौं-  गत २४ घण्टाभित्र नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रालयका अनुसार कूल नौ हजार ९१३ जनाको नमूना परीक्षण गर्दा ४४७ जनामा कोरोना ुपोजिटिभु देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९५ र एन्टिजेन विधिबाट ५२ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कूल छ हजार ५७७ जनाको पीसीआर र तीन हजार ३३६ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४३९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।