मोरङ, मोरङको धनपालथान गाऊपालिका ३ मोरीयापुल स्थितमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । आज दिउसो साढे २ बजे रंगेली(बिराटनगर सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र १०४००१ख ००२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनकै श्रीमान् ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरी टोली खटि गई दुवै घाईतेलाई उपचारको लागी रंगेली अस्पताल पठाईएकोमा रेखाको अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने उमेशको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
मोरङमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
सवाल नेपाल संवाददाताबुधबार, १७ कात्तिक २०७८

मोरङमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



