धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँचजना बालिकाको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बुधबार राहतस्वरूप मृतकहरुको परिवारलाई प्रतिपरिवार एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

जिल्लाको मुखियापट्टी मुसहरिनया वडा नम्बर–६ लक्ष्मीपुरस्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर गत जेठ २८ गते पाँचजना बालिकाको मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खेतमा खनिएको नयाँ पोखरीमा डुबेर पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीया छोरी ललिता साह तेलीको मृत्यु भएको थियो ।