एजेन्सी । यसपटक साउनमा ५ वटा सोमबार आइरहेको छ । जसलाई विशिष्ट संयोग मानिन्छ । ज्योतिषहरुका अनुसार यस वर्ष रक्षा बन्धनमा पनि एक दुर्लभ संयोग बन्नेछ ।

शुभ नक्षत्र र संयोगले सजिएको साउन १० जुलाई सोमबारका दिन सर्वार्थ सिद्धि योग, उत्तरा असार नक्षत्रबाट सुरु भएर ७ अगस्ट रक्षाबन्धनसम्म चल्नेछ । साउनको दोस्रो सोमबार १७ जुलाईमा, तेस्रो सोमबार २४ जुलाईमा, चौथो सोमबार ३१ जुलाई र पाँचौं सोमबार ७ अगस्टमा रहनेछ । यसमा तेस्रो सोमबार २४ जुलाइमा पुष्य नक्षत्र रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसकारण यसपटक भगवान निलकण्ठ आफ्ना भक्तमाथि साउन महिनामा असीम अनुकम्पा बर्साउने ज्योतिषहरुको भनाई छ । ज्योतिषाचार्य बताउँछन् कि सर्वार्थ सिद्धि योगका बेला धेरै शुभ हुन्छ । सर्वार्थ सिद्धि योग अर्थात आफैमा आफै सिद्ध । यस दिन गरिएको पूजा वा हवन-यज्ञको महत्व धेरै हुन्छ ।

भनिएको छ कि यस महिनामा रोटक व्रत पनि निकै फलदायी मानिन्छ । साउन महिनाको प्रत्येक सोमबार (पाँच सोमबार भएको हुनाले रोटक व्रत भनिन्छ) को भगवान शिव पार्वतीको प्रितीका लागि व्रत राखेर शिवजी बेलपत्र, दूध, दही, चामल, पुष्प, गंगाजलसहित पूजा गर्नाले मनोकामना पूरा हुन्छ ।

यसपटक अन्तिम सोमबारका दिन रक्षा बन्धन रहनेछ । यस दिन चन्द्रग्रहण पनि रहनेछ ।