नेकपा ९एकीकृत समाजवादी० ले पार्टी प्रवेश गर्न चाहेका समूह वा व्यक्तिसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिवद्वय गंगालाल तुलाधार र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीमा आउन चाहने जोसुकैसँग संवाद गर्ने जिम्मेवारी पाएको वार्ता टोलीका संयोजक भुसालले हिमालखबरलाई जानकारी दिए। उनले भने, “हाम्रो पार्टीको विचारधारा र सिद्धान्त मन पराएर आउन चाहने जोकोहीसँग छलफल गरेर वार्तामा रिर्पोटिङ गर्छौं।”

वार्ता टोलीले आजभोलिबाटै आफ्नो काम थाल्ने जनाइएको छ। टोलीले एकीकृत समाजवादीमा आउन चाहने व्यक्ति वा समूहसँग छलफल गर्नेछ।