झापामा नेकपा एमाले ठूलो शक्ति भएपनि जिल्ला अध्यष चिन्तन पाठक र सचिब मदन अधिकारीको पराजयले खैलाबैला मच्चिएको छ । यि दुबै स्थानमा जित्न सक्ने अवस्था रहेपनि अन्तरघातका कारण हार्नु परेको उम्मेद्वारहरुको निष्कर्ष रहेको छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि यि क्षेत्र हारिएको प्रति गम्भिर रहेको उनी झापा आएर बताइसकेकाछन् । उनले एकसाता भित्रमा यस बिषयमा स्पष्टिकरण दिन समेत भने्काछन् ।

गौरादह एमालेको गढ मानिन्छ । यहाँ एमालेले हार्ने कल्पनासम्म गरेको थिएन । उम्मेद्वार चयन प्रक्रियामा बिबाद देखिएपनि अन्तिममा बिबाद सामसुम भएको जस्तो देखिन्थ्यो ।

तर नतिजा सकारत्मक नआएपछि अहिले एकले अर्कालाइ शंका गरेर हेरिरहेको स्थानीय एक नेताले बताए । अधिकारीको हार अस्वभाविक भएको र अन्र्तरघातबाट भएको एक नगर सदस्य बताउछन् ।

एमालेले वाडमा राम्रो पकड देखाएको छ । उपप्रमुखमा पनि राम्रो मत ल्याएर बिजयी भएको अवस्था रहेको छ । तर प्रमुख भने गुमाएको छ । यसले अहिले ठूलै खैलाबैला मच्चिएको छ ।

प्रमुखका उम्मेदवार मदन अधिकारी आफैले पनि अन्र्तघात भएको भन्दै मत परिणाम आइरहदा फेसबुकमा स्टाटस नै हालेका थिए । जून पछि हटाएका थिए ।

यता जिल्ला अध्यक्ष पाठक पनि पराजीत भएकाछन् । यो गाँउपालिका पनि एमालेले सहज जित्ने अनुमान गरेको थियो । तर हार बेहोरेपछि अहिले यहाँ पनि अन्तरघातको बिषयले चर्चा पाएको छ ।

एकपक्षले आफै हारिएको बताउने र अर्को पक्षले हराइएको बताउने गरेकाले आन्तरिक बिबाद हुन शुरु गरेको छ । पार्टीका केन्द्रिय अध्यक्षको निर्देशन अनुसार अब हारिएको हो की हराइएको खोजि शुरु गर्ने एक जिल्ला नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah