
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आफ्नो पनि इजलास तोकेका छन्।
जबराले आफूसँगै न्यायाधीश कुमार चुडाल रहेको संयुक्त इजलास तोकेका हुन् । यसअघि जबराले आफ्ना लागि इजलास तोकेका थिएनन् ।
आज सबै इजलास बन्दी प्रत्यक्षीकरणको मात्र तोकिएको छ। जसअन्तर्गत विश्वम्भरप्रसाद श्रेष्ठ र मनोज कुमार शर्मा, बमकुमार श्रेष्ठको एकल इजलास, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलास, कुमार चुडालको एकल इजलास, तेज बहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ।
कुल ६ वटा इजलास तोकिएकोमा ७ वटा मुद्दा सुनुवाइका लागि पेसीमा चढेका छन् ।