दैलेखस्थित मालिका माध्यमिक विद्यालयको नयाँ कक्षाकोठाको निर्माणका लागि जापानले सहयोग गर्ने भएको छ। मंगलबार जापानका तर्फबाट योसिओका युजो र नेपालका तर्फबाट भोलेन्टर कोप्र्स नेपालका अध्यक्षय दिपक चापागाँईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यो परियोजना ग्रासरुट मानव सुरुक्षाका लागि अनुदान सहायता परियोजनाअन्तर्गत पर्दछ। जसमा जापान सरकारले युएसडि ८८‍‍‍.१०५ (लगभग १०.४५ मिलियन) अनुदान दिने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालयमा ८ वटा कक्षाकोठासहित आवश्यक फर्निचर पनि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ।

यसअघि पनि जापानले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।