झापाको अर्जुनधारा नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर मेयरमा निर्वाचित हुनभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज खरेलले ९ हजार ६४१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी कमला आचार्यले १२ हजार ८३१ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेद्वार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गरेकी छिन् ।
११ वटा वडा रहेको अर्जुनधारामा ८ वटा वडामा नेकपा एमाले नै विजयी भएको छ । जसमा वडा नम्बर १ मा गजाधर खतिवडा ९११७५०, वडा नं। २ मा रघुनाथ खनाल ९९५७०, वडा नं। ४। दुर्गाप्रसाद दाहाल ९१११८०, वडा नं। ५ मा ध्यानबहादुर भारती ९११६४०, वडा नं। ६ मा लोकनाथ गौतम ९७८८०, वडा नं। ९ पुष्पकुमार प्रसाईं १२२९, वडा नं। १० मा बलदेवसिंह गोम्देन ९११७८० र वडा नं। ११।मा भैरवबहादुर खड्का ९१४८९० विजयी भएका हुन् ।
बाँकी तीन वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ जसमा वडा नं। ३ मा जीवनकुमार भण्डारी ९१२२७०, वडा नं। ७। नवराम ढुंगाना ९९४२० र वडा नं। ८ गोपीचन्द्र गौतम ९९७४० विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापामा यस अघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ ।



