समाज

कालापानी –लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने


  काठमाडाैं   सवाल नेपाल   २०७८ कार्तिक २४, १४:०५

राष्ट्रिय जनगणना– २०७८ मा कालापानी लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।
तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ ।

उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण जनगणना केही समय ढिला भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार