काठमाडौँ : यस वर्ष २०७८ मा मङ्सिर ३ गते कार्तिक शुक्लपक्षको पूर्णिमा परेको छ। कार्तिक पूर्णिमालाई सबैभन्दा महत्वपूर्ण पूर्णिमा मानिन्छ। यस दिन यी ३ विधि अपनाएमा तपाईको जीवनबाट धन सम्बन्धी समस्या अन्त्य भएर तपाई मालामाल बन्नुहुनेछ।

तुलसी पूजा : यस दिन शालिग्रामसँगै तुलसीको पूजा, सेवन र सेवा गर्नु अत्यन्तै लाभदायक हुन्छ। कार्तिक महिनामा तुलसी पूजालाई महत्वपूर्ण मानिन्छ। यस दिन तीर्थ पूजा, गंगा पूजा, विष्णु पूजा, लक्ष्मी पूजा र यज्ञ एवं हवनलाई पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। यस दिन गरिएको स्नान, दान, होम, यज्ञ र उपासना आदिका अनन्त फल मिल्छ। यस दिन तुलसीको बोट अघि दियो बाल्नुहोला, जसले तपाईको मनोकामना पूरा र दरिद्रता दूर हुन्छ।

पूर्णिमाको व्रत : यस दिन व्रतको पनि धेरै महत्व हुन्छ। यस दिन उपवास गरी भगवानको स्मरण, चिन्तन गर्दा अग्निष्टोम यज्ञ समान फल प्राप्त हुन्छ र सूर्यलोक नै प्राप्त हुन्छ। कार्तिक पूर्णिमाबाट प्रारम्भ गरी प्रत्येक पूर्णिमा राति व्रत र जागरण गर्दा सबै मनोकामना सिद्ध हुन्छन्। यस दिन कार्तिक पूर्णिमा स्नानपछि व्रत पूर्ण हुन्छ। साथै कार्तिक पूर्णिमादेखि एक वर्षसम्म पूर्णिमा व्रतको सङ्कल्प लिएर प्रत्येक पूर्णिमाममा स्नान दान आदि पवित्र कर्मसँगै श्री सत्यनारायण कथाको श्रवण गर्ने अनुष्ठान पनि प्रारम्भ हुन्छ।

दानको फल : यस दिनको दानादिका दस यज्ञ समान फल दिने हुन्छ। यस दिन दानलाई अत्यन्तै महत्व मानिन्छ। आफ्नो क्षमता अनुसार अन्न दान, वस्त्र दान र अन्य जे भए पनि दान गर्न सक्नुहुन्छ। यसो गर्दा घर-परिवारमा धन समृद्धि र वृद्धि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah