मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

घर, परिवार र सन्तानको मामिलामा आनन्द र सन्तोषको भावना रहनेछ। व्यापारको सम्बन्धमा प्रवास र लाभ मिल्नेछ। व्यवसायको क्षेत्रमा लाभ, मान र प्रतिष्ठा प्राप्ति हुनेछ। पेसामा पदोन्नति मिल्नेछ। कार्यभारबाट थकान अनुभव होला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यापारीको लागि दिन शुभ छ। नयाँ आयोजना हातमा लिनुहुनेछ। अतिरिक्त आर्थिक लाभ प्राप्त गर्न सक्नुहुन्छ। विदेशमा रहने मित्र वा आफन्तको समाचार प्राप्त गर्नुहुनेछ। लामो दुरीको यात्राको योग छ। तिर्थ यात्रा हुन सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बदनामी र निषेधात्मक विचारबाट टाढा रहनुहोला। अत्यधिक खर्चबाट आर्थिक समस्या अनुभव होला। पारिवारिक सदस्य र अफिसमा सहकर्मिसँग मनमुटाव वा विवादको प्रसंग बन्नेछ। ईश्वरको आराधना, जाप र आध्यात्मिकताले शान्ति अनुभव होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन सामाजिक र व्यावसायिक क्षेत्रमा लाभदायक साबित हुनेछ। मोजमस्ती र मनोरंजनको प्रवृत्तिमा समय बिताउनुहुन्छ। विपरीत लिंगीय व्यक्तिसँग रोमांचित भेट हुनेछ। दाम्पत्यजीवनमा प्रेमको अनुभूति होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

उदासीन वृत्ति र शंकाको बादलले मन घेरिएको हुनेछ। घरमा शान्तिको वातावरण हुनेछ। दैनिक कार्यमा थोरै अवरोध आउनेछ। अधिक परिश्रम गरेपछि अधिकारीसँग वाद- विवादमा नपर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

चिंता, उद्वेगपूर्ण दिनको कारण मन चिन्तित रहनेछ। विशेष रूपले सन्तान र स्वास्थ्यको बारेमा अधिक चिन्तित रहनुहुन्छ। पेट सम्बन्धि समस्या रहनेछ। विधार्थीको पढाईमा कठिनाई आउनेछ। आकस्मिक धन खर्च हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अत्यधिक भावनाशील बन्नुहुनेछ र सोहि कारण मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। यात्राको लागि वर्तमान समय अनुकुल रहनेछ। पानीबाट टाढा रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्य सफलता, आर्थिक लाभ र भाग्यवृद्धिको लागि दिन शुभ छ। नयाँ कार्यको सुरुवात गर्न सक्नुहुन्छ। अधिक सहयोगपूर्ण र प्रेमपूर्ण दिन रहनेछ। प्रिय व्यक्तिसँग भेट हुँदा आनन्द अनुभव होला। लघु यात्रा होला। स्वास्थ्य स्वस्थ रहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दुविधायुक्त मनःस्थिति र अल्झिएको पारिवारिक वातावरणको कारण समस्यामा रहनुहुन्छ। अत्यधिक खर्च होला। महत्त्वपूर्ण निर्णय लिन हितकार छैन। पारिवारिक सदस्यसँग गलत धारणा हुन सक्ला। टाढा बस्ने मित्र वा आफन्तको सामना गर्नुपर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ईश्वरको नाम स्मरणबाट दिन शुभारम्भ हुनेछ। धार्मिक कार्य र पूजा पाठ हुनेछ। घरायसीजीवन आनन्दमय रहला। हरेक कार्य सरलतापुर्वक पूरा हुनेछ। शारीरिक, मानसिक रूपबाट प्रफुल्लित रहनुहुन्छ। पेसा-व्यवसायमा अनुकुल अनुकूल परिस्थिति रहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पैसाको लेनदेन नगर्नुहोला। खर्च वृद्धि होला। स्वास्थ्यको मामिलामा ध्यान राख्नुहोला। कसैसँग गलत धारणा हुँदा झगडा हुन सक्छ। रिसलाई नियन्त्रण गर्न जरुरी छ। कसैको भलो नगरेकै ठिक हो।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको लागि दिन लाभदायक छ। पेसा- व्यवसायको क्षेत्रमा आय वृद्धि होला। वृद्द र मित्रको तर्फबाट लाभ मिल्नेछ। माँगलिक अवसरमा जानुहुनेछ। सन्तान र पत्नीको तर्फबाट शुभ समाचार मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah